हिंसा भड्किने भिडियो अपलोड गरेपछि ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द

315
Friendship Mobile

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता बन्द गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनसार साम्प्रदायिक र जातिय हिंसालाई प्रसय दिने जोखिम बढेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरूपमा बन्द गरिएको हो ।

केही दिनअघि मात्र ट्रम्पले अमेरिकी संसद्मा हिंसा भड्काउने किसिमको भिडियो अपलोड गरेका थिए ।

ट्विटरले लेखेको छ( हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ।
यसअघि यही जनवरी ६ का दिन भने ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो।

गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक जना प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आरोप छ।
आक्रमणपछि पनि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो।

‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ,’ ट्विटरले लेखेको छ ।