वीरगंजमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती धुमधामका साथ मनाईयो

529
Friendship Mobile

पवन प्रसाद साह/वीरगंज । बारा र पर्साका रास्ट्रवादि संगठनले पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्ति भब्यताका साथ मनाएका छन ।

‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयरो छ, २०७२ सालको सबिधान खारेज गर, हिन्दू राष्ट्र कायम गर’ लगायत बिभिन नारा सहित वीरगंजको घण्टाघर बाट निस्केको र्‍यालीले वीरगंजको बिभिन ठाउँको परिक्रमा गरेको थियो भने माइस्थान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई विभिन्न ब्यक्तिहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रवादि संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले पृथ्वीनारायण शाहको बारेमा चर्चा गर्दै यो देश नेताहरूको हातमा भएको ले देश र जनताको बिकास हुन नसक्ने र नहुने ठोकुवा गर्दै राजाको बिकल्प नभएको बताएका थिए ।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी झा, नेपाल राष्ट्रवाद संघका जिल्ला उपाध्यक्ष उमा शंकर करवाकर, नेपाल राष्ट्रवाद संघका जिल्ला सचिव संतोष कुमार गुप्ता, बिरेन्द्र साह तेली, बिष्णु साह, राष्ट्रवाद संघका युवा नेता दिपेन्द्र गुप्ता, नेपाल राष्ट्रवाद संघका अच्छेलाल साह, उदित सहनी लगायत बिभिन ब्यत्किहरुको उपस्थित रहेको थियो।