बाराको निजगढमा २९९ औँ पृथ्वी जयन्तीको अवशरमा राप्रपाको भब्य कार्यक्रम सम्पन्न

362
Friendship Mobile

२९९ औ पृथ्वी जयन्तीको अवशरमा बाराको निजगढमा भब्य कार्यक्रम गरिएको खबर प्राप्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीको सभाध्यक्षतामा शहिद चोकमा कार्यक्रम भएको हो ।

राप्रपा केन्द्रिय कार्य सम्पादन समितीका सदस्य मोहन यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य गिरिधारी चौधरी, राप्रपा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवक संगठनका केन्द्रिय महासचिव बिनोद कुमार भारती, केन्द्रिय सदस्य सावित्री देवि भारती, बारा जिल्लाका कार्यकारी अध्यक्ष राज नारायण शाह, जिल्ला अध्यक्ष भरत मल्ल, प्रदेश नं २ कार्य सम्पादन समिति सदस्य शिव प्रसाद तिमल्सिना, क्षेत्रीय अध्यक्ष वासुदेव तिमल्सिना लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

निजगढ नगर परिक्रमा पश्चात भएको कार्यक्रमको सञ्चालन सुजन तिमल्सिनाले गर्नुभएको थियो भने युवक संगठन बाराका अध्यक्ष राजेन्द्र सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा स्थानिय लोक गायक बद्रि राउत, नवराज राउत र अस्मिता नेपालीको सांस्कृतिक प्रस्तुती रहेको थियो ।