समयमै उखुको मुल्य निर्धारण नहुँदा किसान मर्कामा

322
Friendship Mobile

उखुको मुल्य निर्धारण नहुँदा किसान अलमलमा परेका छन् । चिनी उद्योग सञ्चान भएको एक महिना भएपनि उखुको मुल्य तय नहुँदा किसान अन्यौलमा परेका हुन् ।

गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहँदा चालु क्रसिङ्ग सिजनको मुल्य समेत निर्धारण हुन सकेको छैन । वर्ष दिन खेतमा मेहनतले हुर्काएको उखु चिनी उद्योगलाई किसानले एक महिनादेखि बेचि रहेका छन् । तर, बेचेको उखुको मुल्य कति पाउने किसानलाई नै थाहा छैन ।

उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ लगाएतमा नगदमै खर्च गर्ने किसानले उखु काटेर उद्योग सम्म पु¥याउन पनी मजदुरलाई नगदै ज्याला दिनुपर्छ । तर, उखु किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । तराई मधेसमा पुषको जाडोमा पनी बिहानै देखि किसान उखु काट्न व्यस्त छन् ।

उखु खेती गरेर वर्षभरि ऋणको भारी बोकेका किसान चिनी उद्योगबाट एकमुष्ट भुक्तानि लिएर कर्जा र उधारो चुक्ता गर्ने सपना देखिरहेका छन् । तर, उखुको मुल्य निर्धारण नै समयमा नहुँदा किसान अन्यौलमा तथा मर्कामा परेका छन ।