हथियाहिमा कांग्रेसको कार्यकर्ता भेला

669
Friendship Mobile

रौतहटको कटहरिया नगरपालीका वडा नम्बर २ हथियाहीमा मंगलवार नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका जुझारु तथा लोकप्रिय युवा नेता एवं संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को बिशेष उपस्थितीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो ।

यहि पुष ५ गत्ते नेकपाको तर्फबाट प्रधानमन्त्री बनेका केपि शर्मा ओलीले गरेको संबिधान बिघटन र त्यसपछिको राजनितिक घट्नाक्रमलाई मध्यनजर गर्दै आगामि रणनिती लगाएतका बिषयमा छलफल गर्नका लागी कार्यकर्ता भेटघाट गरिएको श्रोतले बताएको छ ।

बैठकमा जिल्ला सदस्य सराजुल देवान, युवा नेता महादेव साह, जिल्ला सदस्य वाल्मिकी यादव, कटहरिया नगर सभापती सर्फलाल प्रसाद गुप्ता लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।