लालबन्दीको बिकट बस्ति मध्येको बोहोरे फेदिमा जसपाको जनजागरण तथा पार्टी समायोजन कार्यक्रम सम्पन्न

626
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ अन्तर्गत पर्ने बोहोरे फेदि गाउँमा मंगलवार जनता समाजवादी पार्टीको जनजागरण तथा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

१५ नम्बर वडा कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो । वडा कमिटि अध्यक्ष शुभलाल स्याङ्गतानको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका प्रतिनिधिसभा सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टीको केन्द्रिय सदस्य बम बहादुर मोक्तान बिशिष्ट आतिथी सँगै प्रदेशसभा सदस्य सञ्चमाया मोक्तान, सर्लाही जिल्ला सहईन्चार्ज पञ्चराम लो, जिल्ला कमिटी सदस्यहरु ईन्द्र बल, श्रेया रसाईली, जय कुमार चौधरि, लालबन्दी नगर कमिटी अध्यक्ष हिराकाजि योञ्जन, अमिरी पासवान, नगर ईन्चार्ज सुनिल कुमार शाह ‘भान्जा’, कोषाध्यक्ष बाबुराम बम्जन, सचिव डिल्लि प्रसाद पोखरेल, सदस्यहरु केशव प्रसाद न्यौपाने, प्रेमलाल लामा, अजय श्रेष्ठ सँगै मैत्रीशान्ती तथा पर्यटनस्थल अध्यक्ष हर्क बहादुर स्याङ्गतान लगाएत अतिथी रहेका थिए भने पार्टीका नेता तथा कार्यकर्ता सँगै स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि र प्रदेश सांसदद्वयले बोहोरे स्थित निर्माणधिन गुम्बालाई तत्कालै बाँकी काम सम्पन्न गर्नका लागी ५ लाख रकम उपलब्ध गराउने, खेल मैदानको ब्यबस्थापन गर्ने तथा बिजुली बत्ति जडानको बाँकी काम तत्काल सुचारु गराउन पहल गर्ने लगाएतका प्रतिबद्धताहरु ब्यक्त गरिएका वडा कमिटी अध्यक्ष स्याङ्गतानले बताउनुभयो । कार्यक्रमको सञ्चालन अर्जुन थिङ्गले गरेका थिए ।

परवानीपुर चोकबाट उत्तरतर्फको वडा नम्बर १५ का बिकट बस्ति मध्येको बोहोरे फेदिमा अहिले सम्म बिजुली बत्ति पुग्न सकेको छैन भने मोबाईल नेटवर्कले राम्रो सँग काम नगर्ने, कालिञ्जोर खोलामा बाढि आउँदा बर्षाको समयमा कुनैपनी यातायातको साधन नचल्ने लगाएतका समस्याहरु रहेका छन ।

जसपा वडा कमिटि अध्यक्ष स्याङ्गतानको बिशेष पहलमा पछिल्ला केहि समयमा उक्त बस्तिहरुमा सांसद सम्म पुगेर कार्यक्रम गर्न थालेका छन ।