आफ्नै आमाको हत्या गर्ने गरुडाका रामबाबु राय यादव २१ बर्ष पछि जेल चलान

468
Friendship Mobile

आफ्नै आमाको हत्यामा संलग्न रौतहटको गरुडाका ४० बर्षिय रामबाबु राय यादवलाई प्रहरिले करिव २० बर्ष पछि पक्राउ गरि जेल चलान गरेको छ । कारागार चलान भएका राय यादवले २०५६ साल बैशाख ६ गत्ते आफ्नै आमा चुल्हियादेवी राय यादवको हत्या गरेका थिए ।

साबिक गडहीगुठ्ठि वडा नम्बर ७ हाल गरुडा नगरपालीका २ गेडहिगुठ्ठ टोल बस्ने राय यादवलाई गरुडा २ बस्ने ईनरकलीदेवी यादवको जाहेरिको आधारमा २०६० साल मंसिर ८ गत्ते बाईस बर्ष, दुई महिना, २० दिनको कैद तोकिएको थियो । त्यस यता उनि फरार रहेका थिए ।

उनलाई रौतहट प्रहरिले गरुडा नगरपालीका २ स्थित गडहीगुठ्ठि टोलबाट गएको बिहिवार पक्राउ गरेको हो ।

पक्राउ परेका हत्यारा राय यादवलाई प्रहरिले आवश्यक कारवाहिको लागी जिल्ला अदालतमा पेस गरेकोमा उनलाई मंगलवार कारागार चलान गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।