ट्रम्पद्वारा वासिङ्गटन डिसीमा आपतकाल घोषणा

234
Friendship Mobile

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा दुई हप्ताका लागि संकटकालको घोषणा गरेका छन् । आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ लागु हुने गरी संकटकाल लगाएका हुन्।

गत हप्ता अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । सो हिंसामा पाँच जनाको मृत्यु भएको थियो।

जनवरी २४ सम्म जारी रहने आपतकाल घोषणा गर्ने ट्रम्पको निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।यद्यपी ट्रम्पले भने शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलेजनाएका छन् ।

संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बाइडेनले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि ५० वटै राज्यमा सशस्त्र प्रदर्शन आयोजना हुने तयारी भएको बताइरहँदा ट्रम्पले आपतकाल घोषणा गरेका छन् ।