माघको पहिलो सातासम्म रौतहटको सिमानाका खुल्छ : शहरि बिकाश मन्त्री प्रभु साह

230
Friendship Mobile

सहरी विकास मन्त्री प्रभु साहले बन्द रहेको नेपाल भारत सिमानाका चाँडै खुल्ने बताएका छन् । लामो समय देखीको भारतीय सिमा बन्दका कारण मारमा परेका रौतहट वासीलाई सम्बोधन गर्दै साहले काठमाण्डौँ पुगेर प्रधानमन्त्रीसँग कुरा गरेर सिमा खुलाउने प्रयास गर्ने बताए ।

साहले चन्द्रनिगाहपुरमा आयोजित क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा बोल्दै सिमानाका नखुलेका कारण सबै भन्दा बढि सर्वसाधारण किसान मारमा परेको बताउँदै तत्काल सिमानाका खोल्न आफ्नो पहल रहने बताए ।

कारोना माहामारिका कारण नेपाल सरकारले सिमानाका बन्द गरेका कारण भारतिय बजारमा निर्भर रौतहटका सर्वसाधारण किसान मारमा परेका छन ।

स्थानिय प्रशासनले केहि समय अघि आंशिक मात्रामा नाका खुला गरेको भएपनी त्यो पर्याप्त नभएको भन्दै नागरिक अगुवाहरुले सिमानाका पुरै खुलाउनुपर्ने भन्दै नाकामा धर्ना दिएर आन्दोलन गर्दै आएका थिए । तर पुष ५ गत्ते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीले संसद बिघटन गरेपछि सिमानाकाको आन्दोलन रोकिएको थियो ।