परवानीपुरमा माघ १ गत्तेबाट दूध डेरि सुरु, दुधको मूल्य ३० रुपैयाँसम्म बढी

952
Friendship Mobile

सर्लाहीको परवानीपुरमा दुग्ध संकलन केन्द्र (दूध डेरि) संचालनमा आएको छ । महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड लालबन्दी नगरपालिका १६ ले दूध डेरि संचालन गरेको हो ।

डेरिको बिहिवार लालबन्दी नगरप्रमुख मान बहादुर खड्काले उद्घाटन गर्नुभएको छ । सहकारीको अध्यक्ष मिना कुमारी स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा मेयर खड्काले रिबन काटेर दूध डेरिको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा लालबन्दी नगरपालिका १५ र १६ का वडाअध्यक्षहरु क्रमशः गोरख बल र गणेश थापा सङ्गै ग्रामीण उद्धम तथा बिप्रेषण आयोजना समृद्धी नेपालको कार्यालय प्रमुख मोति गिरि, सल्लाहकार समितिका पदाधिकारीहरु बलराम खड्का, गोबिन्द प्रसाद अधिकारी, राम बहादुर पाण्डे, प्रकाश थापा, हेम बहादुर कार्की, सहकारीका कर्मचरु लगाएत वडा सदस्य तथा स्थानिय भद्र भलाद्मी, बुद्दिजिविहरु उपस्थिती रहेको थियो ।

सहकारीले हाल दैनिक ५/६ सय लिटर सम्म दूध संकलन गरिरहेको छ । गाडी भाडामा लिएर अहिले सहकारिका कर्मचारीहरु नै किसानको घर घरमा पुगेर दूध संकलन गरिरहेको सहकारीकि प्रबन्धक मधु गौतमले बताउनुभयो ।

सहकारिले दुधको गुणस्तरको आधारमा दुधको मूल्य दिने गरेको भन्दै सहकारीकि अध्यक्ष स्याङ्तानले किसानले अन्य ब्यापारिले दिने मूल्य भन्दा २५ रुपैयाँ सम्म बढि मुल्य पाउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले दिने दुधको मुल्यबाट किन धेरै नै खुसी भएका छ्न ।

अहिले सबै किसानले दूध डेरि संचालन भएको बारेमा थाहा नपाएको र केही समय पछि दूध संकलनमा भारी मात्रामा बृद्दी हुने सहकारीको सल्लाहकार समितिका संयोजक बलराम खड्काले बताउनुभयो ।