अछाम पोखरा सम्पर्क समितिको अध्यक्षमा साउद निर्वाचित

568
Friendship Mobile

पोखरा : पहिलो पटक अछाम पोखरा सम्पर्क समिति गठन गरिएको छ । राजन साउदको संयोजकत्वमा समिति गरिएको छ ।

शनिबार पोखरामा रहेका अछामी बासीहरुले माघे संक्रान्तिको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि समिती गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा राजन साउद निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा रोशन बोहरा, सचिबमा रमेश लुहार, सह-सचिबमा जिबन लुहार, कोषाध्यक्षमा पुष्प कडारा र सदस्यहरुमा बिनोद पण्डित, रमा साउद, नरेश लुहार, बिकास लुहार, भावना कडारा र एसुदा लुहार छन । विविध प्रयोजनको सिलसिलामा पोखरामा बस्दै आएका अछामीहरु बिच सहयोग, सद्भाव र एकताबद्ध गर्न तथा दु:ख सुख साटासाट गर्ने मंचका रुपमा अछाम पोखरा सम्पर्क समिती गठन गरिएको नवगठित समितिका अध्यक्ष साउदले बताए ।