मंगलवार रौतहट प्रहरिले करिव एक लाख छब्बिस हजारको अवैध समान भन्सारमा बुझायो

334
Friendship Mobile

रौतहट प्रहरिले २ दिनमा बरामद गरेको करिव एक लाख छब्बिस हजार दुई सय पचहत्तर रुपैँया बराबरको भन्सार छलिका अवैध समान मंगलवार भन्सार कार्यालयमा बुझाएको छ ।

आईतवार र सोमवार जिल्ला प्रहरि कार्यालय रौतहट मातहतका बिभिन्न ईकाईबाट खटिएको प्रहरि गस्ति टोलीले बरामद गरेको समान गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

भन्सार बुझाईको समानहरुमा चिनी, कपडा, धाराको टुटी, युरीया मल, पर्दा, बच्चाको कपडा, केलम्पु, कपी, मैदा, चकलेट, मिठा, पेन्ट, टिन्कु सुपारी, बजाज तेल लगायतका अन्य सामानहरु रहेका छन ।

रौतहट प्रहरिको सक्रियतामा पछिल्लो समय नेपाल भारत नाका आसपासका क्षेत्रमा भारि मात्रामा भन्सार छलिका अवैध समानहरु बरामद भईरहेका छन ।