सर्लाही : प्रचण्ड-माधव समूहका दुईसय जना काठमाडौं जाने

251
Friendship Mobile

सर्लाहीको ईश्वरपुर नगरपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताको भेला सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय पश्चात्त विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहले गठन गरेको स्थानीय तहको जनसंघर्ष समिति ईश्वरपुरको आयोजनामा ईश्वपुर–६ बयलबासमा समितिका सदस्य संजय साहको घरमा भेला सम्पन्न भएको हो ।

संघर्ष समिति ईश्वरपुरका संयोजक रुपनारायण सिंहको अध्यक्षतामा बसेको बैठकले यही माघ ९ गते काठमाडौंमा हुने केन्द्रीय विरोध आमसभामा सहभागिताका लागि करीब दुई सय जना नेता कार्यकर्तालाई लैजाने निर्णय गरेको छ ।