३२ हजार मुल्य बराबरको सिसौको गोलीया सहित कबिलासिका महेश कलवार लालबन्दीबाट पक्राउ

418
Friendship Mobile

ईलाका प्रहरि कार्यालय लालबन्दीको टोलीले २० क्युवेक फिट सिसौको गोलीया सहित एक जनालाई पक्राउ गरि डिभिजन बन कार्यालय लालबन्दीमा बुझाएको छ ।

सोमवार राती करिव ९ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालीका ६ मा अन्दाजी बत्तिस हजार मुल्य बराबरको काठ लोड गरीएको म्याजीक सहित कबिलासि नगरपालीका ८ बस्ने ३१ बर्षका महेश साह कलवार पक्राउ परेका हुन ।

ना२च ७८६८ नम्बरको म्याजिक सहित पक्राउ परेका साह कलवारलाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालय लालबन्दीमा बुझाईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रबक्ता एवं प्रहरि नायव उपरिक्षक मदन कुवंरले जानकारि दिनुभएको छ ।