नेकपा नेता वाग्लेद्वारा हजुरबुबा हजुरआमाको नाममा अक्षयकोष स्थापना

446
Friendship Mobile

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेले आफ्ना दिवङ्गत हजुरबुबा हजुरआमाको नाममा तीन लाखको अक्षयकोष स्थापना गर्नु भएको छ ।

उहाँले हजुरबुबा दिवङ्गत खडानन्द वाग्ले र हजुरआमा सत्यदेवी वाग्लेको १३ औं दिनको पुन्यतिथिका दिन पाँच कुमार मावि हजारविघाको नाममा अक्षयकोष स्थापना गर्नुभयो हो ।

अक्षयकोषबाट प्राप्त रकम पाँच कुमार मावि हजारबिधामा अधयनरत विधार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने केन्द्रीय सदस्यीय वाग्लेले जानकारी दिनुभयो ।

कोषको ब्याजबाट ११ र १२ मा सबैभन्दा बढी अङ्क ल्याउने विधार्थीलाई दिईने छ।अक्षयकोष स्थापना गरेर समाजमा उदाहरणीय काम गरेको पुर्व मन्त्री रामेश्वर यादवले बताउनुभयो ।

सत्यदेवि वाग्लेको १३ पून्यतिथिका दिन श्रद्धाञ्जली दिन नेकपाका नेता कमल बुढाथोकी ,केन्द्रीय सदस्यीय प्रलाह्द बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।केन्द्रीय सदस्यीय वाग्ले सर्लाही हरिपुर १ हजारविघाका स्थायी बासिन्दा हुनुहुन्छ ।