कांग्रेसले गरेको देशभरको बिरोधको कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाको चर्को बिरोध

351
Friendship Mobile

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज कांग्रेसले विरोध प्रदर्शन गरेको हो । प्रत्येक वडामा कांग्रेसको वडा ईकाई समितीका सभापतीहरुको अध्यक्षतामा बिरोध कार्यक्रम भएको हो ।

यसैबिच रौतहटको कटहरिया नगरपालीकाको नौ वटै वडामा पनी भब्य रुपमा बिरोधको कार्यक्रम सम्पन्न भएको कटहरिया नगरसभापती सर्फलाल प्रसाद गुप्ताले बताउनुभएको छ । वडा नम्बर १ अन्तर्गत भसेड्वाको रगेदी चोकमा वडासभापती दिपलाल यादवको अध्यक्षतामा बिरोधको कार्यक्रम भएको थियो ।

कटहरिया न.पा.को वडा नम्बर ४ र ५ को संयुक्त कार्यक्रम

त्यसैगरि वडा नम्बर २ को छेदिचोकमा राम बहादुर राय, वडा नम्बर ३ को बिर्ति टोलमा वडा अध्यक्ष उमेस राय यादव, वडा नम्बर ४ र ५ को संयुक्त रुपमा ५ नम्बरको कटहरिया बजारमा नगरसभापती एवं वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ता, वडा नम्बर ६ को फत्तेपुरमा बिक्रम राय यादव, वडा नम्बर ७ को बगहि टोलमा सत्यनारायण चौधरि, वडा नम्बर ८ को पोखरिया टोलमा हृदय नारायण यादव र वडा नम्बर ९ को डुमरिया टोलमा प्रमोद राय यादवको सभाध्यक्षतामा बिरोधको कार्यक्रम भएको हो ।

संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस रौतहटका जुझारु युवा नेता तथा प्रखर बक्ता सुनिल कुमार यादव जितेन्द्र वडा नम्बर १ को भसेड्वा तथा अन्य वडाका बिरोध कार्यक्रमहरुमा सहभागी हुनु भएको क्षेत्रीय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभएको छ ।

कार्यक्रमका बक्ताहरुले नेकपा सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा तानाशाही प्रबृत्ति देखाएको, असंबैधिक रुपमा संसद बिघटन गरेको, लोकतान्त्रीक पद्धतीलाई कुल्चेर एकलौटी सासन गर्न खोजेको भन्दै प्रधानमन्त्रीको चर्को बिरोध गरेका थिए ।

कटहरिया न.पा.को वडा नम्बर ६ को बिरोधको कार्यक्रम

रौतहट सहित देशभरमै भएको कार्र्यक्रममा प्रधानमन्त्री ओलीको असंबैधानीक तथा प्रतिगमनकारि कदम सँगै नेकपाले देशमा गरेको लुटतन्त्रको चर्को बिरोध गरिएको छ । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले गएको पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यहि माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।