करिव अढाई लाखको भैँसि, पाडो नियन्त्रणमा लिएर प्रहरिले गौर भन्सारमा बुझायो

294
Friendship Mobile

रौतहट प्रहरिले मंगलवार दिउँसो अबैध भैँसि नियन्त्रणमा लिएर भन्सार कार्यालय गौरमा बुझाएको छ ।

जिल्ला प्रहरि कार्यालय रौतहटको टोलीले जिल्लाको ईशनाथ नगरपालीका वडा नम्बर ५ मोतिपुरमा भारतबाट नेपाल तर्फ धपाएर ल्याउँदै गरेको १० ओटा भैँसि बरामद गरेको हो । भारतबाट भन्सार छल गरि नेपाल तर्फ ल्याउँदै गरेको ८ ओटा थारो भैँसि र २ वटा पाडो ल्याउँदै गरेका तस्करहरु भने प्रहरिलाई देखेपछि फरार भएका थिए ।

करिव दुई लाख पचास हजार मुल्य बराबरको भैँसि बरामद गरि मंगलवार नै आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो समय जिल्लामा प्रहरिको सक्रियतामा अवैध सरसमान तथा पशुचौपाया बरामद हुने क्रम बढ्दो छ ।