बागमतीका शेर बहादुर कुश्वार लागुऔषध सहीत रौतहट प्रहरिको फन्दामा


रौतहट प्रहरिले बिहिवार साँझ सर्लाहीका एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालीका वडा नम्बर ४ सुकदेव टोल निवासि बर्ष २७ का शेर बहादुर कुश्वारलाई बागमतीबाट चपुर तर्फ गईरहेको अवस्थामा रौतहटमा पक्राउ गरिएको हो ।
कुश्वार सवार बा९३प ८६१ नम्बर २२० सिसिको पल्सर मोटरसाईकललाई पुर्व पश्चिम लोकमार्ग अन्तर्गतको मंगलपुर चोकमा चेकजाँच गर्ने क्रममा शंका लागी चेकजाँच गर्ने क्रममा निजले प्लास्टिकको झोलामा सात वटा Nitrazepam Tablets IP NITRAVET-10 नामक लागुऔषध फेला पारि प्रहिरले नियन्त्रणमा लिएको हो ।
उनलाई ईलाका प्रहरि कार्यालय चपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा वीरगंजको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका कुश्वारलाई शुक्रवार जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।