प्रतिबन्धित लागुऔषध सहित मलंगवाबाट यादव पक्राउ

377
Friendship Mobile

सर्लाहीमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मलंगवा नगरपालीका वडा नम्बर ११ गम्हरिया बस्ने बर्ष ३८ का सरोज यादव रहेका छन ।

यादवलाई शुक्रवार साँझ भारततर्फबाट लागुऔषध सहित मोटरसाईकलमा आउँदै गर्दा सशस्त्र प्रहरिको टोलीले पक्राउ गरेको हो । यादवलाई डाईजेपाम १८४ एम्पुल, नुफ्रिन ३०० एम्पुल, फेनरागन २९२ एम्पुल र डाईजिल्याव ८४ एम्पुल सहित जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाबाट सशस्त्र प्रहरि निरिक्षक मनोज चन्दको कमाण्डमा खटिएको टोलीले पक्रा गरेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

यादवलाई बरामद लागुऔषध र मोटरसाईकल सहित जिल्ला प्रहरि कार्यालय मलंगवामा बुझाईएको छ ।