मनकारि सांसद : खर्च अभावमा अध्ययनबाट बञ्चित हुन लागेका माझीलाई गरे आर्थीक सहयोग

1,044
Friendship Mobile

आर्थीक अभावका कारण अध्ययनबाट नै बिस्थापित भई मजदुरि गर्न जान लागेका एक दलित युवकलाई सांसदले आर्थीक सहयोग गरेका छन ।

सर्लाहीको ईश्वरपुर नगरपालीका ९ मुसहरटोल घर भएका अर्जुन माझिलाई प्रदेश सांसद उपेन्द्र महतोले सहयोग गरेका हुन । आर्थीक अवस्था कमजोर भएका माझि पढ्नका लागी खर्च पु¥याउन नसक्ने भए पछि नोकरी गर्न भारतको पञ्जाव जाने तयारिमा थिए ।

आर्थीक सहयोग कार्यक्रममा भेला भएका स्थानिय

स्थानीय चर्चित युवा समाजसेवीहरु भाज्ञनारायण गुप्ता र शिवनाथ राउत कहरको बिशेष पहलमा माझिले आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन पाउने भएका हुन । सामान्य कुराकानीमा पढ्न नपाएपछि देश छोडेर अन्यत्र कामको खोजीमा जान लागेको थाहा पाएपछि समाजसेवीद्वयले सांसद समक्ष समस्या समाधानको पहल गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या संकायमा स्नातक प्रथम बर्षमा भर्ना शुल्क जुटाउन नसकेका माझिलाई सांसद महतोले बुधवार कुरैनिया टोलमा गएर भर्ना शुल्क वापत लाग्ने बाह्र हजार रुपैयाँ सहयोग गरेका हुन । सांसद महतोको सहयोगबाट आफ्नो अध्ययन अगाडि बड्ने भएपछि खुसि भएका माझिले धन्यवाद ब्यक्त गर्दै आफुले पनी समाजसेवा गर्ने उद्घोष गरेका थिए ।

माझिले आफ्नो टोलका बच्चाहरुलाई निशुल्क पढाउने भएका छन ।