लालबन्दी जेसिजले ग¥यो ९० जना छात्रा सहभागी गराएर लैङ्गिक हिंसाका बिरुद्धमा सचेतना मुलक कार्यक्रम

356
Friendship Mobile

लालबन्दी जेसिजले सोमवार २४ औँ अन्तराष्ट्रिय नारि दिवसको अवशरमा लैङ्गिक हिंसाका बिरुद्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । लालबन्दी जेसिजले सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक बिद्यालयमा कार्यक्रम संचालन गरेको हो । बिद्यालयका कक्षा ९, १० र ११ का करिव ९० जना छात्राहरुलाई सहभागी गराएर बिद्यालयमा हुने बिभिन्न खाले हिंसा र न्युनिकरणका बिषयमा कार्यक्रमबाट जानकारि गराईएको हो ।

कार्यक्रममा हिमावन्ती नेपाल प्रदेश नम्बर २ को संयोजक तथा WAVES कार्यक्रमकाGender Champions रहनुभएका महिला अभियन्ता रमा पौडेलले प्रशिक्षण दिनुभएको थियो । लालवन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लालबन्दी नगरपालीका १ का वडाध्यक्ष पञ्चाल स्याङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जनता मा.वि.का प्रधानध्यापक विनोद पौडेल, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, विद्यालयका शिक्षक शिक्षिकाहरु, लालबन्दी जेसीज वर्ष २०२१ का कार्यसमिति पदाधिकारीहरु र अन्य सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक पौडेलले लालबन्दी जेसीजले सचेतनामुलक कार्यक्रम लागि आफ्नो विद्यालय छनौट गरी छात्राहरुलाई विद्यालयमा हुने विभिन्न हिंसाहरुको न्यूनिकरण गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गदै आगामी दिनमा पनि थप कार्यक्रमको अपेक्षा राखेको बताएका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष स्याङ्बोले आफ्नो मन्तव्यमा लालबन्दी जेसीजले विगतमा पनि निकै सराहनीय कार्य गर्दै आएको र नारी दिवसको अवसरमा समेत जल्दो वल्दो समस्याको रुपमा रहेको समस्यालाइ उजागर गर्दै किशोरीहरुका लागी लैङ्गि हिंसाको विषयमा चेतना जगाएको भन्दै धन्यवाद ब्यक्त गरे ।

त्यस्तै लालबन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम कुमार खड्काले आफ्नो भनाई राख्दै जेसीजले सदैव व्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै समाजमा भएका विभिन्न विद्यमान समस्याहरुको वकालत गर्दै आएको र समाज सेवामा समेत सक्रिय रहँदै अगामी दिनमा पनि यस्तै खालका कार्यक्रमहरु लालबन्दी जेसीजले संञ्चालन गर्दै जानुका साथै कार्यक्रमले कम्तीमा पनि विद्यालयमा हुनसक्ने हिंसालाई व्यवहारमै कम गर्ने विस्वास व्यक्त गर्दै उपस्थीत सम्पूर्ण लाई धन्यवाद व्यक्त गरेका थिए ।

उपाध्यक्ष जेसी गणेश कार्की संयोजक रहेको कार्यक्रमको संचालन जेसी राजकुमार सिंहले गरेको जानकारी लालबन्दी जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी कुमार घिमिरेले दिए ।