नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष अलीमाथि आक्रमण

404
Friendship Mobile

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि सांघातिक आक्रमण भएको छ ।

अलीमाथि गएसाँझ मलंगवा नगरपालिका १० स्थित घर अगाडि आफ्नै कान्छो भाईले आक्रमण गरेका हुन् । एभिन्युज टेलिभिजनका सर्लाही संवाददाता समेत रहेका अली उपचारपछि शुक्रवार बिहान घर फर्किएका छन् । हाल खुट्टामा गहिराे चाेट तथा शरिरका विभिन्न भागमा हम्मरले हिर्काएका कारण बाहिर लैजान साह्रै कठिन अवस्था भएकाले केही दिन घरमै आराम गराएर थप उपचारका लागि बाहिर लैजाने अलिका भाइ पत्रकार समेत रहेका अनवर अहमद्ले जानकारी दिए ।

हथौडाले आक्रमण हुँदा पत्रकार अलीको खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । सो घटनाप्रति पत्रकारहरुको विभिन्न संगठनहरुले दुःख व्यक्त गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आक्रमणमा संलग्न अलीका भाईको खोजी भइरहेको जनाएको छ ।