चन्द्रनगर गाउँपालीकाका जनप्रतिनिधिहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न

284
Friendship Mobile

सर्लाहीको चन्द्रनगर गाउँपालीकाका जनप्रतिनिधिहरुलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा अभिमुखिकरण तालीम प्रदान गरिएको छ । वातावरण संरक्षण तथा मानव बिकाश संस्था सुनसरिको आयोजना तथा चन्द्रनगर गाउँपालीकाको आर्थिक सहयोगमा जनप्रतिनिधिहरुका लागी नेतृत्व तथा क्षमता बिकास अभिमुखिकरण गोष्ठि सम्पन्न भएको हो ।

मलंगवा स्थित होटल कुसुम एण्ड पार्टि प्यालेसको तालीम हलमा चैत्र ६ र ७ गत्ते गोष्ठि सम्पन्न भएको हो । सहभागी जनप्रतिधिहरुलाई आवासको सुविधा सहित संचालीत गोष्ठिमा चन्द्रनगर गाउँपालीकाका सबै जनप्रतिनिधिहरु सहभागी भएका थिए । गोष्ठिमा जनप्रतिनिधिहरुको काम, कर्तब्य र अधिकारको बिषयमा स्पस्ट जानकारि प्रदान गरिएको थियो ।

गाउँपालीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता तथा उपाध्यक्ष बिनादेवीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिपक श्रेष्ठ तथा वातावरण संरक्षण तथा मानव बिकाश संस्थाका अध्यक्ष भुवनेश्वर साहले प्रशिक्षण दिनुभएको थियो ।