एक लाख भन्दा बढि मुल्य बराबरको बेवारिसे कपडा रौतहट प्रहरिले भन्सार बुझायो

223
Friendship Mobile

आईतवार बिहान ५ बजे बरामद बेवारिसे कपडाहरुमा कसैको दाबि नपरेपछि रौतहट प्रहरिले सोमवार भन्सार बुझाएको छ ।

आईवार बिहान जिल्लाको गरुडा नगरपालीका वडा नम्बर ५ झाँझपुल सडक किनारमा बच्चाहरुको रेडिमेड कपडा र महिलाहरुको सल प्रहरिले फेला पारेको थियो ।

बोरामा रहेको करिव एक लाख चार हजार तिन सय पचास रुपैँया बरावरको कपडामा कसैले दाबि नगरेपछि आवश्यक कारवाहिका लागी गौर भन्सार बुझाएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।