गोडैतामा राष्ट्रिय लोकतन्त्र दैनिकको शाखा विस्तार

438
Friendship Mobile

डेढ दशक भन्दाबढी समयदेखि सर्लाही जिल्लाबाट लगातार रुपमा प्रकाशित हुँदै आइरहेको जिल्लाको एकमात्र बहुभाषिक पत्रिका राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले गोडैता नगरपालिकामा आफ्नो सम्पर्क कार्यालय खोलेर शाखा विस्तार गरेको छ ।

सो शाखाबाट जिल्लाको पश्चिम, उत्तर, दक्षिण क्षेत्रको सम्पूर्ण समाचारको साथै सूचना, विज्ञापन प्रकाशन लगायतको काम हेर्ने पत्रिकाका प्रधान सम्पादक मनोज यादवले बताए ।

सोही शाखा मार्फत उक्त क्षेत्रको लागि रिपोर्टस क्बल नेपालको समेत कार्यक्रमहरु संचालन गरिने यादवले जानकारी दिए । गोडैता शाखा संचालनको सम्पूर्ण जिम्मेवारी गोडैता शाखा प्रमुख राधेश्याम कुशावाहालाई दिइएको छ ।