बरिष्ठ साहित्यकार डा.लम्सालको बिशेष उपस्थितीमा एलिट माबि बागमतीमा कृति बिमोचन सम्पन्न

363
Friendship Mobile

सर्लाही जिल्लामा दुई कृति लोकार्पण भएका छन् । सर्लाही जिल्लाका बाउन्न गजलकारहरूको संयुक्त गजल कृति “ सर्लाहीका प्रतिनिधि गजलकार “ र खण्डकाव्यकार कुमार दाहाल कुसुमको “ मनु मञ्जरी “ खण्डकाव्य एकै साथ लोकार्पण भएका हुन् । एलिट आवासीय माध्यमिक विद्यालय बागमतीको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

सर्लाहीका बाउन्न जना गजलकारहरूलगायत एलिट आवासीय माध्यमिक विद्यालयको संयुक्त संयोजनमा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्साल र विशिष्ट अतिथि तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल अभिनन्दित हुनुभएको थियो । सर्लाहीका साहित्यकारहरू तथा साहित्यानुरागीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेका अध्यक्ष कपिल अञ्जान, सर्जक हेम प्रकाश मञ्जिल, कवि तथा गजलकार सुरेश सुवेदी, निबन्धकार माधव काफ्लेलगायत थुप्रै साहित्यकार,समाजसेवी तथा शिक्षासेवीहरू सम्मानित हुनुभएको थियो ।

एलिट आवासीय माध्यमिक विद्यालयका प्रमुख प्रजु लामिछानेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको संयोजन गजलकार कृष्ण दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लालबन्दी नगर वाङ्मय परिषद्का कोषाध्यक्ष तथा गजलकार विवश पौडेल र स्वागत मन्तव्य लालबन्दी नगर वाङ्मय परिषदका सचिव तथा गद्यकवि सुमन घिमिरे अग्रिमले गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू देवराज पौडेल, अमृतबहादुर क्षेत्री, परशुराम घिमिरे निदान, निर्मल बराल, जीवन आचार्य निश्चल, एस.पि.बराल, गोविन्द काफ्ले, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, उपाध्यक्ष राजेश्वरी काफ्ले, सचिव उत्तम दाहाललगायतको समेत उपस्थिति रहेको थियो ।