राष्ट्रिय शक्ति नेपाल सर्लाही जिल्ला कमिटिद्वारा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

471
Friendship Mobile

हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाईरहेको राष्ट्रिय शक्ति नेपाल सर्लाही जिल्ला कमिटिले बुधवार लालबन्दीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । दिउँसो २ बजे लालबन्दी स्थित राष्ट्रिय शक्ति नेपालको कार्यालयमा नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय शक्ति नेपालका जिल्ला संयोजक प्रकाश चन्द्र भट्टको संयोजकत्व तथा केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य अंजु थपलियाको बिशेष उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्षद्वय चण्डिका पोखरेल र रामदरेस राय, सचिव केशव महत, कोषाध्यक्ष प्रदिप बराल, सह–सचिव गंगा प्रसाद पोखरेल, सह–कोषाध्यक्ष उत्तम थपलिया, अन्य सदस्यहरु तथा आमन्त्रित ब्यक्तिहरु सहित करिव ५० जनाको उपस्थिती रहेको राष्ट्रिय शक्ति नेपालका अध्यक्ष भट्टले जानकारि दिनुभयो ।

अध्यक्ष भट्टका अनुसार कार्यक्रममा सात जनालाई राष्ट्रिय शक्ति नेपालको सदस्यता प्रदान गरिएको र लालबन्दी नगरपालीका १६ परवानीपुरका सुमन थापालाई केन्द्रिय सदस्य बनाईएको छ । कार्यक्रममा लालबन्दी सहित चन्द्रनगर, पर्सा गाउँपालीका र अन्य पालीकाहरुबाट समेत मानीसहरु उपस्थित भएका थिए ।

राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य थपलियाले हालसम्म यो कुनै पार्टिको रुपमा दर्ता नभएकोले यो हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्ने अभियान मात्रै भएको बताउनुभयो । उहाँले अहिले सर्लाही जिल्लामा तिब्र रुपमा सदस्यता प्रदान तथा कमिटि बिस्तारको काम भईरहेको बताउँदै यो अभियान भोलीको दिनमा आवश्यकता अनुसार दलको रुपमा दर्ता भएर हिन्दु राष्ट्र र राज संस्था पुनस्थापना गर्न सक्रिय हुने समेत उद्घोष गर्नुभयो ।

आफु पदमा रहँदा तलव भत्ता नलिएर चर्चामा रहेका केशर बहादुर बिष्ट केन्द्रिय अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले हाल श्रमिक, पत्रकार, भुतपुर्व नेपाली सेना लगाएको कमिटि निर्माण तथा संगठन बिस्तारलाई तिब्रता दिईरहेको छ । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै केन्द्रिय सदस्य थपलियाले हिन्दु राष्ट्र र राजसंस्था बिना मुलुक टुहुरो भएको र जतातदै हत्या, हिंसा, बलात्कार, लुट, घुसखोरि र भ्रष्टाचार बढेको अहिलेको अवस्थाले पनी देशमा राजसंस्थाको आवश्यकतालाई प्रस्ट्याएको धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्लाका बिभिन्न पालीकाबाट उपस्थित भएका सहभागीहरुले नयाँ बर्षको शुभकामना सहित देशमा राजसंस्था आवश्यकता भएको र जसरि पनी देशमा राजा ल्याएरै छाड्नुपर्ने बताएका थिए ।