युवा संगठन नेपाल स्याङ्जाको जिल्ला भेला सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी …

387
Friendship Mobile

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल स्याङ्जाले सोमबार वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवनमा आफ्नो जिल्ला भेला सम्पन्न गरेको छ। त्यस्तै उक्त भेला मा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा संगठन नेपाल गण्डक धौलागिरी संयोजक बिजय स्याङ्जा जिल्ला सेक्रेटरी सागर लगायतले आफ्नो महत्त्वपुर्ण मन्तव्य राख्नु भएको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अथिती तथा गण्डक ब्युरो सदस्य रुपेश ले नेपालमा सम्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नु पर्ने भएको र त्यसको निमित्त नेपालका सम्पुर्ण प्रगतिशील युवाहरुको महत्त्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण युवाहरूलाई यस संगठन मा आबद्ध रहेर बैज्ञानिक समाजबादको बाटाेमा लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो। यस्तै भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटि समेत घोषणा गरेको छ।

युवा संगठन स्याङ्जा आयोजक कमिटीका संयोजक मक्कन गुरुङको अध्यक्षता मा संचालक भएको उक्त कार्यक्रममा प्रमुख अथित्यता नेकपा गण्डक ब्युरो सदस्य रुपेश ले गर्नु भएको थियो । त्यस्तै अथितीहरुमा नेपाल कम्युनिस्ट पार्टी का स्याङ्जा जिल्ला इन्चार्ज क. रुबेल, युवा संगठन नेपाल गण्डक ब्यूरो इन्चार्ज बिजय, नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा सेक्रेटरी क. सागर, जनपत्रकार संगठन स्याङ्जा का संयोजक सुदिप भट्टराई लगायत महान जनयुद्धको क्रममा स्याङ्जा जिल्ला बाट सहिद हुनु भएका महान सहिद तथा बेपत्ता योद्धाका परिवार जनको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक अमृतले गर्नु भएको थियोे ।