दिनेश शर्माद्वारा माक्स र सेनिटाइजर सहयोग


निजगढ/बारा
कोरोना भाइरस को दोस्रो लहर मा अग्र पङ्तिमा खटिने प्रहरी र पत्रकारलाई स्थानीय दिनेश शर्मा ले माक्स र सेनिटाइजर सहयोग गरेका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढको प्राङ्गणमा प्रहरी इनिस्पेक्टर शंकर चौधरी लाई र पत्रकार हरुलाई माक्स २५०० थान र सेनिटाइजर ठूलो मा २ थान, सानोमा ३५ थान गरि रु. २१०००/- बराबरको सामान हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा पत्रकार गोकुल घोर्साइने,उमेश सुनार,महेश्वर अधिकारी, इन्दिप कोईराला,लक्ष्मी पाण्डे,शान्त सापकोटा,शिवराज अधिकारी लगायत समाजसेवी खड्गराज मैनालीको उपस्थिति रहेको थियो ।
निजगढ नगरपालिका वडा नं १,२,३ सिङ्गोल र 10,11,12,13 लाल,रतनपुर मा खटिने प्रहरीहरूको लागि विशेष फोकस गरेर सहयोग गरेको दिनेश शर्मा ले बताउनु भयो । दिनेश शर्मा निजगढ सिङ्गोल निवासी समाजसेवी भावनाका तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी पनि हुन्।