कोरोना संक्रमण वडा अध्यक्ष पदम बहादुर गाउँगाउँ डुल्दै

291
Friendship Mobile

बाराको निजगढ १० का संक्रमित जनप्रतिनिधि नै बेकाममा गाउँघर डुल्दै हिँडेपछि स्थानीय आतंकित बनेका छन् ।

त्यहाँका वडा अध्यक्ष पदमबहादुर मोक्तान कोरोना संक्रमण पुष्टि भएपनि व्यक्तिगत कामले गाउँ डुलिरहेका छन् ।

शनिबार विहान दुध बेच्न आफै डेरी पुगे । त्यहाँ उनी संक्रमण भएको बारेमा सोध्दा टाईफाइड भएर निको भईसकेको बताएको स्थानीय बताउँछन् । त्यसपछि उनी चिया पसल पुग्छन् । चिया खान जम्मा भएर बसेका स्थानीयको बिचमा पुग्छन् ।

चिया मगाएर खाएर हिड्छन् ।

कोरोना बारेमा सोध्दा आफुलाई ठिक भईसकेको बताउँछन् ।

वडा अध्यक्ष मोक्तान लक्षणसहितको कोरोना संक्रमित हुन् । उनी विरामी भएर औषधि समेत सेवन गरेका थिए ।

उनको निजगढमा गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको निजगढ नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामाले बताए । स्थानीय त्रसिद वडा अध्यक्षको अराजक शैलीले स्थानीयवासी त्रसिद भएका छन् ।

कोरोना मुक्त नहुदैँ पसलमा गएर चिया मगाएर खाएको स्थानीय माया लिम्बुले बताईन् । उनले कोरोना संक्रमण भएको व्यक्ति गाउँमा अनावश्यक काममा डुल्दा गाउँमा त्रास फैलिएको बताईन् ।

वडा सदस्य जमानसिंह घलानले कोरोना संक्रमित भएको व्यक्ति गाउँमा हिड्दा गाउँमा त्रास फैलिएकाले घरमै बस्नुपर्ने बताउँछन् । नेकपा (माओवादी केन्द्र) का नेता कुमार मुक्तानले कोरोना संक्रमित वडा अध्यक्ष नै लापरवाही गर्दा अचम्म लागेको लीड न्युज लाई बताउनुभयो ।

उनले नगरपालिकाका मेयर सुरेश कुमार खनाल र स्वास्थ्य संयोजक रमेश लामालाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको बताए ।