इन्धनको मुल्य दुई रुपैयाँले बढ्यो

304
Friendship Mobile

नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ र डिजेल र मटीतेल १०६ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धन मूल्य भने यथावत् छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल प्रतिलिटरमा ८ रुपैयाँ ५६ पैसा, डिजेल प्रतिलिटरमा ४ रुपैयाँ ४६ पैसा घाटा रहेको छ । यस्तै ग्यासमा ३ सय ७५ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ । मूल्य बढाउँदा पनि १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।