जुवाखालबाट पक्राउ परेका पाँचसहित छ जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

218
Friendship Mobile

हेटौंडा । मंगलबार दिउँसो हेटौंडा–४ बैंक रोड स्थित एक घरमा जुवाको खालबाट नगद सहित पक्राउ परेका ५ जना जुवाडे सहित ६ जनाविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

एक किशोरीले ६ जनाले आफूलाई बन्धक बनाइ जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरूमाथि जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

किशोरीको उजुरी पछि थप १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो ।