सर्लाहीको बरहथवामा २ बर्षिय बालकको फोहोर पानी जम्ने खाल्डोमा डुबेर ज्यान गयो


क्षितिज बिश्वकर्मा, सर्लाही – निरन्तरको बर्षाले अहिले तराईका आँगन, सडक तथा खाली जमिनमा पानी जमिरहेका छन ।
जसको कारण साना केटाकेटीका लागी जोखिम बढेको छ । बर्षाको समय सुरु भए सँगै हामिले बालबालीका पोखरि, खाल्डो र खोलाहरुमा डुबीरहेका खबरहरु सुनिरहेका छौँ ।
यसै बिच सर्लाहीको बरहथवामा २ बर्षिय बालक आफ्नै घरको चापाकलको फोहोर पानी जम्ने खाल्डोमा डुबेका छन । बरहथवा नगरपालीका ५ बस्ने मुकेश गुप्ताको अन्दाजी २ बर्षका छोरा फोहोर पानी जम्ने खाल्डोमा डुबि बेहोस भएकोमा उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव पोस्टमार्टम पश्चात परिवारले बुझेका जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
बर्षाको समयमा बालबालीकाको ख्याल नगर्ने, जथाभावि जान दिने तथा घर वरिपरिको पानी जम्ने खाल्डोहरुको उचित ब्यवस्थापनमा ध्यान नदिँदा अवोध बालबालीकाले अकालमा ज्यान गुमाईरहेका छन ।