हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या

402
Friendship Mobile

काठमाण्डाै – ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।

आक्रमणममा राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हाल्नुभएकाे थियाे । 

भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उहाँको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए ।