परवानीपुरका असई भारतीले मास्क बाँडे

380
Friendship Mobile

सर्लाहीको परवानीपुरमा सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोना भाईरस कोभिडको तेश्रो लहरलाई मध्यनजर गर्दै स्थानिय सर्वसाधारणलाई मास्क बितरण गरिएको हो ।

अस्थाई प्रहरि चौकी परवानीपुरका प्रमुख (असई) बाबुराम भारतीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै मास्क बितरण गर्नुभएको हो । लालबन्दी नगरपालीका १६ मा असई भारतीले ‘तपाईको मास्क खै’ भन्ने अभियान अन्तर्गत सर्वसाधारणलाई मास्क बितरण गरिएको बताउनुभएको छ । अभियान अवधीभर मास्क बितरण गर्ने आफ्नो लक्ष्य रहेको असई भारतीले बताउनुभयो ।

उहाँले सवारि चेकजाँचलाई पनी तिब्रता दिएको बताए । बिना हेल्मेट मोटरसाईकल चलाउने, कागजपत्र नबोक्ने चालकलाई चेकजाँच गरिएको भारतीको दाबि छ ।