नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो।
मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्।
शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ।
अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ। यसअनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन्।
त्यस्तै कुलमान घिसिङले भने आज नै कार्यभार सम्हाल्ने तयारी गरेका थिए। तर पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ।
सम्भवत उनले भोलि आर्थात बुधबार कार्यभार सम्हाल्नेछन्।
भागनारायण गुप्ता : ईश्वरपुरमा मंगलवार प्रदेश सांसद उपेन्द्र महतोले सामुदायीक भवनको उद्घाटन गर्नुभएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालीका वडा नम्बर ८ खाल्टोबजारमा निर्मित भवनको प्रदेशसभा सदस्य महतोले एक औपचारिक समारोहका बिच उद्घाटन गर्नुभएको हो । सांसद महतोको निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
भवन निर्माण पश्चात त्यस क्षेत्रमा हुने सामाजिक कार्यक्रमहरुमा सहजता आउने बिश्वास लिइएको छ ।
बाराको निजगढ–८ मा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ । निजगढ ८ को गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा संस्था गठन भएको हो । वि.स. २०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना संस्था दर्ता सदस्यमा समेटिएका छन् । संस्था दर्ता सदस्यहरुमा २०४६ व्यजी बाट निजगढ नगरपालिका का मेयर शुरेश खनाल, २०३८ बाट गौरी शंकर मा.वि. का पूर्व प्रद्यापक रामकुमार शर्मा दाहाल , २०४२ व्याजीबाट विनोद कुमार भारती,२०४३ व्यजीबाट उद्योग वाणिज्य संघ का अध्यक्ष रामकृष्ण नेपाल, २०४१ बाट वडा नं ८ का वडा अध्यक्ष तथा वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेक बहादुर लामा,२०३७ बाट उद्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष ज्ञानेन्द्र चौलागाई, सहकारीका पूर्व अध्यक्षहरु केदार खरेल ३९ बाट, सुशील खनाल ४०बाट, प्रमोद सिग्देल ४४ बाट समेटिएको संयोजक खड्गराज मैनालीले जानकारी दिनुभयो ।
संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।
सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक पद्मराज तिमल्सिना, प्रशासन अधिकृत रविन घिमिरे लगायतको सहभागि थिए । संस्थागत सेयर आह्वान गर्ने तयारी भईरहेको संयोजक मैनालीले जानकारी दिए । उनका अनुसार सदस्यले न्यूनतम २५१ कित्तादेखि एक हजार कित्तासम्म सेयर खरिद गर्न सक्नेछन् । ४ हजार सदस्य पुर्याएर १० करोड चुक्ता पुँजी संकलन गर्ने उद्देश्यले संस्था अघि बढाईने संयोजक मैनालीले बताए । संस्थाको सेयर वन्न गौरीशंकरमा नपढेकालाई पनि समेट्ने उनले जानकारी दिए ।
इन्टरनेटको माध्यमबाट नगदरहित कारोबारको विकास गर्ने र निजगढको केरा खेतीबाट रोजगारी र अवसर सृजना गर्न कच्चा पदार्थलाई समेत प्रयोगमा ल्याउने सहकारीले लगानी केन्द्रित गर्ने बताए ।
संस्थाले मुख्य राजमार्गसंगै जोडिएको निजगढ ८ शहीदचोकस्थित प्राईम बैंक रहेको भवनमा कार्यालय स्थापना गरेको छ ।
सर्लाहीको परवानीपुरमा सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोना भाईरस कोभिडको तेश्रो लहरलाई मध्यनजर गर्दै स्थानिय सर्वसाधारणलाई मास्क बितरण गरिएको हो ।
अस्थाई प्रहरि चौकी परवानीपुरका प्रमुख (असई) बाबुराम भारतीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै मास्क बितरण गर्नुभएको हो । लालबन्दी नगरपालीका १६ मा असई भारतीले ‘तपाईको मास्क खै’ भन्ने अभियान अन्तर्गत सर्वसाधारणलाई मास्क बितरण गरिएको बताउनुभएको छ । अभियान अवधीभर मास्क बितरण गर्ने आफ्नो लक्ष्य रहेको असई भारतीले बताउनुभयो ।
उहाँले सवारि चेकजाँचलाई पनी तिब्रता दिएको बताए । बिना हेल्मेट मोटरसाईकल चलाउने, कागजपत्र नबोक्ने चालकलाई चेकजाँच गरिएको भारतीको दाबि छ ।