राम जानकी मन्दिरमा सांसद महतोले गरे शालीग्राम स्थापना

197
Friendship Mobile

भागनारायण गुप्ता, बबरगञ्ज | सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरियाटोलमा निर्माण भएको रामजानकी मन्दिरमा शालिग्राम स्थापना गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ११ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको रामजानकी मन्दिरमा सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोले बुधवार शालिग्राम स्थापना गर्नुभएको हो । मन्दिरमा शालिग्राम स्थापना अघी बालिकाहरू सम्मिलीत कलश यात्रा निकालिएको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष किशोरी महतोका अनुसार मन्दिर प्रांगणबाट सुरू भएको कलश यात्रा फुलजोर पुगी झिम नदीबाट कलश भरी पुनः मन्दिर प्रांगणमा पुगेको थियो । कलश यात्रामा स्थानिय भक्तजन र महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कलश यात्रा पश्चात बिशेष पुजा सहित प्रदेश सभा सदस्य महतोले मन्दिरमा शालिग्राम स्थापना गर्नुभएको थियो ।