२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

गानीले देश छाडे पछि तालिवानद्धारा राष्ट्रपति भवन कब्जा

राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा जनाइएको छ । 

देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए । 
स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो भने जुन समारोहमा गानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक  विदेश भागेका हुन् । 

रिपोर्टहरुका अनुसार काबुलको केही स्थानमा गोलाबारीको आवाज समेत सुनिएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।