आफ्नै दाजुसँग झगडा गरिरहेका युवक पेस्तोलसहित पक्राउ

307
Friendship Mobile

आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् । सर्लाहीको मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिवार बिहान झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले समसुद्दिनलाई हतियारसहित पक्राउ गरेको हो ।

दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।