हरिवनमा एमालेको नगर पार्टी कार्यालयको उद्घाटन

166
Friendship Mobile

हरिवनमा मंगलवार नेकपा एमालेको नगर पार्टी कार्यालयको उद्घाटन भएको छ ।

सर्लाहीको हरिवन नगरपालीका ११ स्थित बजारमा एमालेको प्रदेश कमिटीका सदस्य राजकुमार उप्रेतीको अध्यक्षता तथा पार्टीका प्रदेश २ सह–इन्चार्ज अच्यूत मैनालीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य तारा पोखरेल, हरिवनका नगरप्रमुख गणेश प्रसाद प्रसाई, ईश्वरपुरका नगरप्रमुख मनोज कुमार देवकोटा, पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह, एमाले नेता विदुर कुमार प्याकुरेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख चाडबाडको शुभकामना आदानप्रदान समेत गरिएको हरिवन नगरपालीकाका नगरप्रमुख गणेश प्रसाईंले बताउनुभएको छ ।