अष्ट्रेलियामा नेपाली बने स्टेट च्याम्पियन

270
Friendship Mobile

अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि नेपालका बिजयसिङ तामाङ्गले जितेका छन । उपाधि जितेसँगै तामाङ अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बने ।

तामाङ धरानका हुन । भोजपुरमा जन्मिएर धरानमा हुर्किएका तामाङ हाल धरान १४ बिजयपुरमा बस्छन ।

कामको शिलशिलामा अष्ट्रेलिया बस्दै आएका तामाङले त्यहाँको ब्यस्तताका बाबजुद आफ्नो ट्रेनिङलाई समेत बिशेष ध्यान दिईरहेका छन ।

यसअघि बि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत द्वितिय बन्न सफल तामाङ अष्ट्रेलिया जानु पूर्व धरानमा रहेको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत थिए । म्यान फिजिक्समा वल्र्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए ।

अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ अक्टोवर ३ मा सम्पन्न भएको थियो ।