अविरल वर्षाले पाकेको धानबाली भिज्यो, किसान चिन्तित

245
Friendship Mobile

मंगलवार बिहानैदेखि निरन्तर परिरहेको पानी यतिबेला सर्लाही सहितका जिल्लामा रोकिएको छ । पानीले देशका धेरै ठाउँमा बाढि पहिरो सहित डुबान भएको छ ।

जिल्लामा पानीले पु¥याएको क्षतिको कुनै विवरण भने यतिखेरसम्म प्राप्त नभएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

ईलाका प्रहरि कार्यालय लालबन्दीका अनुसार बाउनी खोलाले एउटा ट्रयाक्टर बगाएको छ । लालबन्दी नगरपालीका वडा नम्बर ११, १२ र १३ जाने बाटोमा स्थानिय राम बहादुर श्रेष्ठको जोह्न डियर ट्रयाक्टर बगाएको हो ।

यसैबिच सर्लाहीका किसानलाई पानीले समस्यामा पारेको छ । दशैँको बिचमै धान काटेर खेतमा छोडेका किसानको धान पानीले भिजाएको छ । काट्ने बित्तिकै खेतमा सुकाएर राखेको धान भिजेपछि आफुहरु समस्यामा परेको लालबन्दी १६ परवानीपुरकी जानकाु पाठकले बताउनुभयो । पाकेको धान समेत राम्रोसँग समयमै भित्र्याउन नपाउँदा उहाँ चिन्तित बन्नु भएको हो ।

धान मात्रै नभएर पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीका उत्तरीभेगका किसानले लगाएको तरकारि खेती पानीले गर्दा बजारसम्म पु¥याउन समस्या भएको छ । लालबन्दी १५ का चन्द्र थामि भन्नुहुन्छ दिनहुँ बजार पु¥याउनुपर्ने परवल, बोडि लगाएतका तरकारि पानीले गर्दा बजार पु¥याउन समस्या भएको छ ।

यता धान सुकाएर केहि झारीसकेको धान समेत खलोमै भिजेको रानिगञ्जकी सरस्वती भुजेलले बताउनुभयो । यतिबेला कतिपय किसानको धान पाकेर उठाईसक्नुपर्ने बेला भएको छ भने कतिपय किसानका धान धमाधम पाक्दैछन ।

मौसमविदले बुधवारसम्म पानी पर्ने बताएका छन । केहि दिन धान नकाट्न कृषि बिज्ञले यस अघि नै सचेत गराएका थिए ।