एक दिने आँखा शिबिरमा ४७ जना मोतियाबिन्दुका बिरामी भेटिए

206
Friendship Mobile

सर्लाहीको लालबन्दीमा बुधवार आयोजना गरिएको एक दिने आँखा शिबिरमा ४७ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन ।

नेपाल रेडक्रस सोसाईटि उपशाखा लालबन्दीद्वारा संचालीत आँखा उपचार केन्द्रको आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा भएको शिबिरमा १५० जनाको आँखा जाँच गरिएको नेपाल रेडक्रस उपशाखा लालबन्दीका सचिव भरत गौतमले जानकारि दिनुभयो ।

लालबन्दी नगरपालीका वडा नम्बर ५ स्थित जरुवापानीमा निर्माण भएको रेडक्रसको आफ्नै भवनमा शिबिर आयोजना गरिएको थियो ।

शिबिरमा पहिचान भएका ४७ जना मोतियाबिन्दुका बिरामीलाई बिहिवार जानकी आँखा अस्पतालमा निशुल्क अप्रेशनका लागी लगीने रेडक्रस सर्लाहीकी उपसभापती भवानी कोईरालाले जानकारि दिनुभयो ।

आँखा अप्रेशन गर्न जानेहरुलाई लिन बिहिवार बिहान ८ बजे जानकी आँखा अस्पतालको गाडि लालबन्दी आईपुग्ने बताईएको छ ।