क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई

269
Friendship Mobile

एसपी यादव/सर्लाही, कार्तिक ४ । धानबाली भित्र्याउने बेलामा बेमौसमी भारी वर्षाका कारण खेतमा काटिएका धानबाली पानीमा भिज्नुका साथै खेतमा पानीको सतह बढेकाले धानबाली डुबानमा समेत परेपछि किसानहरुलाई ठुलो क्षति व्यहोर्नु परेको छ ।

भारी वर्षाका कारण भएको धानबालीको क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी गराएका छन् ।

प्रदेश सरकारले भएको क्षतिको तथ्यांक संकलन पश्चात् क्षतिपूर्ति उपलब्धताका लागि आवश्यक पहल थाल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारी वर्षाका कारण किसानहरुको धानबालीमा क्षति पुगेकोले किसानहरु मर्कामा परेका छन् ।