पर्सा प्रहरिले १० लाख बराबरको भन्सार छलिका कस्मेटिक्सका समान पक्रियो

252
Friendship Mobile

पर्सा प्रहरिले भन्सार छली ल्याएको कस्मेटिक सामान सहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

शनिवार बेलुकी पौने ६ बजेको समयमा BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भएपछि प्रहरिले पिकअपलाई नियन्त्रणमा लिएको थियो ।

पर्सा प्रहरिका अनुसार सुचना पाएपछि खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा उल्लेखित नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको बताएको छ ।

प्रहरिले उक्त पिकअप तथा भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को चालक पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी आईतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बरामद समानको रू.१०,००,०००।–(दश लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज पथलैयामा पठाईएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता, सुचना अधिकारि प्रहरि नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारि दिनुभयो ।