पर्सा प्रहरिले भन्सार छली ल्याएको कस्मेटिक सामान सहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
शनिवार बेलुकी पौने ६ बजेको समयमा BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भएपछि प्रहरिले पिकअपलाई नियन्त्रणमा लिएको थियो ।
पर्सा प्रहरिका अनुसार सुचना पाएपछि खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा उल्लेखित नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको बताएको छ ।
प्रहरिले उक्त पिकअप तथा भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को चालक पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी आईतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
बरामद समानको रू.१०,००,०००।–(दश लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज पथलैयामा पठाईएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता, सुचना अधिकारि प्रहरि नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारि दिनुभयो ।
क्षितिज बिश्वकर्मा : सर्लाहीको लालबन्दी नगरपालीका १६ परवानीपुरमा आईतवार नेकपा एमालेको वडा कमिटि गठन भएको छ ।
एमालेको स्थानिय नेता एवं वडासदस्य समेत रहेका ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं लालबन्दी नगरपालीका प्रमुख मान बहादुर खड्का, प्रदेश कमिटि सदस्य रेवती पन्त, लालबन्दी नगर उप–प्रमुख शान्ती लामा, आभुषण चौलागाईं, प्रकाश थापा, पबित्रा घिमिरे, भरत गौतम, बलराम खड्का लगाएत अतिथी रहेका थिए ।

भेलाले ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी गठन गरेको छ । करिव ३०० जना एमाले नेता कार्यकर्ता उपस्थित कार्यक्रममा २५ जना एकल महिला तथा ३६ जना अपांग एवं बृद्धबृद्धा गरि ६१ जनालाई सम्मान गरिएको नेकपा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य भरत गौतमले जानकारि दिनुभयो ।
भोर्लेनीस्थित सिद्धेश्वर मन्दिरको प्रांगणमा भएको कार्यक्रम मार्फत सर्वसम्मत चयन गरिएको वडा कमिटिले भोली सोमवारदेखि नै पार्टीको सुद्धिकरण र सुधिृढिकरणको काम थाल्ने श्रोतले बताएको छ ।

कार्यक्रमको संचालन एवं संयोजन समेत गरेका जिल्ला कमिटि सचिवालय सदस्य गौतमले आईतवार हुने कार्यक्रमलाई बिथोल्नका लागी नेकपा एकिकृत समाजवादी पार्टीका स्थानिय नेता कार्यकर्ताहरु हात धोएर लागीपरेका बताएका छन । शनिवार रातभरि गाउँ गाउँ पसेर एमालेका नेता कार्यकर्तालाई भाँड्नका निम्ति नेकपा (एस)का जिल्ला सचिव लगाएतका ब्यक्तिहरुले असफल प्रयास गरेको गौतमले जानकारि दिए ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत Nicola Pollitt बिच शिष्टाचार भेट भएको छ ।
आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भयो । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ ।
साथै पुनःस्र्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (COP 26) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ एसपी आउने भएका छन । हालका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको पुलिस एकेडेमी महाराजगन्जमा सरुवा भएपछि जिल्लामा नयाँ एसपी आउन लागेका हुन ।
जिल्लामा यस अघि डीएसपी हुँदा काम गरिसकेका एसपी कृष्ण प्रसाई आउने भएका छन । उनी २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत थिए । एसपी राठौरको काज सरुवा भएको हो ।
केहि दिन अगाडि प्रहरी प्रमुख एसपी सन्तोष सिंहलगाएतका सर्लाहीका उच्च पदस्थ अधिकारीहरु सार्वजनिकस्थलमै तास खेलिरहेको भिडिओ सार्वजनिक भएपछि प्रहरिवृत्तमा यो हलचल भएको बुझिएको छ ।
प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख(एसपी) प्रकाश राणभाट्टको पनी काज सरुवा गरेको छ।
गएको बिहीबार जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बन्धक बनाएर नगर घुमाउँदा प्रहरी रमिते बनेका थिए। त्यस घटनामा प्रहरीको कमजोरी औल्याउँदै धनुषा प्रहरी प्रमुख एसपी राणभाट्टलाई परिवर्तन गरिएको प्रहरी स्रोतले बतायो।
सर्लाहीको परवानीपुरमा निर्मित पुष्पलालको शालिक अनावरण हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय भईसकेको शालिकको यहि १० गत्ते एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालबाटै अनावरण हुने भएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपाल कात्तिक ९ गते सर्लाही आउने र २ दिन जिल्लाभित्र हुने बिविध कार्यक्रममा सरिक हुने एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटि सचिव गोबिन्द अधिकारिले जानकारि दिनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले प्रेस वक्तव्य निकालेर नेता नेपालको दुई दिने कार्यक्रमबारे जानकारी गराएका हुन् ।
नेता नेपालले १० गत्ते बिहान ११ बजे लालबन्दी नगरपालिका–१५ र १६ परवानिपुरस्थित बोहोरे डाँडामा पुष्पलालको शालिक अनावरण र जिल्ला कमिटीको घोषणा समारोहलाई सम्वोधन गर्ने, सोहीदिन दिउँसो ३ बजे लालबन्दी नगरपालिका–५, शान्ति टोलमा प्रदेश सांसद बेचि लुंगेलीको संसदिय बिकाश कोषको रकमबाट निर्मित महिला संरक्षण गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटि सचिव अधिकारिले बताउनुभएको छ ।
त्यस अघि ९ गत्ते बिहान ९ बजे हरिवनस्थित नगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने, बिहान १० बजे हरिपुरमा बैवाहिक कार्यक्रममा सरिक हुने, दिउँसो १ बजे हरिवन नगरपालिका–५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने र साँझ ६ बजे द्वन्द्वपीडित बालगृह घुर्कौलीका बालबालिकासँग भेट गर्ने कार्यक्रम रहेकोे नेकपा (एकीकृत समाजवादी) पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारि दिनुभयो ।
उहाँले नेता नेपालको सर्लाही आगमनलाई ब्यवस्थापन गर्न जिल्ला भित्र तिब्र रुपमा बिबिध गतिबिधिहरु भईरहेको समेत बताउनुभएको छ ।