‘विप्लव’ नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्द सफल भएको दाबि

540
Friendship Mobile

सर्लाही | पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्द सफल भएको पार्टीको सर्लाही जिल्ला सेक्रेटरि कमल सुस्लिङले बताएका छन ।

आज साँझ एक बिज्ञप्ति जारि गर्दै सुस्लिङले पाँच दिने संघर्षका कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पन्न पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रकट गरेका हुन ।

जनताको ढाड सेक्नेगरि जनताको प्रत्यक्ष सरोकारका ग्यास, मट्टितेल, पेट्रोल, डिजेल जस्ता पदार्थमा गरिएको मुल्यबृद्धिका बिरुद्धमा पार्टीले बिभिन्न चरणको आन्दोलन गर्दै आएको थियो । आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज नेपाल बन्द गरिएको जिल्ला सेक्रेटरि सुस्लिङले बताए ।

जिल्लाका कुनै पनी स्थानमा कुनै किसिमको अप्रिय घट्ना नभएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।