निजगढ नगरपालिकामा नयाँ क्लब “लायन्स क्लव अफ निजगढ युथ”मा इराज कोइराला चयन
बारा जिल्लाको निजगढ स्थित होटल राजमार्गमा आज लायन्स क्लब अफ निजगढ युथले एक कार्यक्रम गरी २१ सदस्यीय संचालक समिति चयन गरेको छ ।
उक्त कार्यक्रममा लायन्स क्लव अफ निजगढ युथको चार्टर प्रेसिडेन्टमा निजगढ नगरपालिका ८ का इराज कोइराला नियुक्त भएका छन् । सोही कार्यक्रमले क्लबको फस्ट भाइस प्रेसिडेन्टमा जनक श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्टमा सुदर्शन दंगाल, सेक्रेटरीहरुमा युवराज न्यौपाने, वडा नं. ४ का वडा अध्यक्ष जयराम कुमर, भाइकाजी श्रेष्ठ लगायत २१ जनाको समिति सर्वसम्मत चयन गरेको हो ।
उक्त कार्यक्रम रिजन चियर्स पर्सन महेश न्यौपाने , जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती, लायन्स क्लब अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रंजन लामिछाने र लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
निजगढ नगरपालिकामा चार वटा लायन्स क्लब भएको र लायन्स क्लब सामाजिक सेवामा सक्रिय रहेकोले यस नयाँ क्लबले पनि निजगढमा हुने सामाजिक काममा तिब्रता, व्यक्तित्व विकास र नेतृत्व विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिकामा रहन सहयोग पुग्ने जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेतीले जानकारी गराएका छन् ।