२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणाको तयारी

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेता धवलशम्शेर राणाको समर्थन पाउने टुंगो लागेपछि लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

राप्रपामा नयाँ पुस्ताबाट राणा र लिङ्देनमध्ये एक जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए । त्यसबीच राणा र लिङ्देनबीच भएको छलफलबाट लिङ्देनलाई राणाले सहयोग गर्ने टुंगो लागेको एक नेताले बताए ।

लिङ्देनका अनुसार बिहीबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने तयारी छ । उनी निकट एक नेता चाहिँ पत्रकार सम्मेलनमा उम्मेदवारीभन्दा पनि राणाको साथ लिङ्देनलाई रहने घोषणा हुनेछ । ‘प्यालनको टुंगो लागिसकेको छैन’ ती नेताले भने, ‘अहिलेलाई अध्यक्षको उम्मेदवारी घोषणा हुन्छ, महामन्त्रीको विषयमा पनि छलफल भइरहेको छ ।’

नेता लिङ्देन पार्टीमा अध्यक्ष कमल थापा निकट नेताका रुपमा चिनिन्थे । पार्टीको कार्यदिशामा मतभेद भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा उनले थापालाई साथ दिएका थिए । २०७४ सालको प्रतिनिधिसभासभा निर्वाचनमा उनी राप्रपाबाट निर्वाचित एक्लो सांसद हुन् ।

राप्रपामा कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । तर उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

राप्रपाको अधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।