२०८३ जेष्ठ २४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २४ आईतवार

पद्मभुवनेश्वरी नमुना बृद्धसेवाश्रममा हरेक दिन जसो बिभिन्न खाले सहयोग

  • लक्ष्मी गुरुङ | सर्लाही …

लालबन्दी नगरपालीका १ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना बृद्धसेवाश्रममा हरेक दिन जसो बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा पुण्य तिथीमा बिभिन्न खाले सहयोग गर्दै आएका छन ।

बिभिन्न मनकारी ब्यक्ति तथा संस्थाहरुको सहयोगमा आश्रममा आश्रितहरुलाई सहयोग मिलिरहेको छ भने आत्मियताको अनुभव पनि भईरहेको आश्रमकी संचालिका भवानी कोईरालाको भनाई छ ।

शनिवार बिहान मात्रै दाङका केहि युवाहरुले आश्रममा एक छाक मिष्ठान्न भोजनको ब्यवस्था गरिदिएका थिए भने दिउँसो बागमती नगरपालिकाका २ दिदिबहिनीले बिभिन्न खाद्य सामाग्री सहयोग गरेका छन ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको दर्शन पश्चात फर्किएका दाङका युवाहरु नारायण आचार्य, शिशिर कुमार लामिछाने, शैलेन्द्र बस्नेत, रुक्माङ्ग कँडेल, अग्नि कुँवर, किरण बुडाथोकी र संकल्प डाँगीको टोलीले एक छाक मिष्ठान्न भोजनको ब्यवस्था गरिदिएका हुन ।

त्यसैगरि बागमती नगरपालिका ८ बस्ने देवमाया कार्की र कृष्णमाया कार्कीले आफ्नो माता पिताको वार्षिक पुण्य तिथिमा चामल, दाल, चिनी, चियापत्ति, तेल, आलु, फ्रुटि, मरमसला लगाएतका खाद्य सामाग्री सहयोग गर्नुभएको आश्रमकी संचालिका कोईरालाले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।